राजनीति

विवेकशील र साझा पार्टीसँगै घुँडा टेके बाबुरामले, अरुसँग के कुरा ?

विवेकशील र साझा पार्टीसँगै घुँडा टेके बाबुरामले, अरुसँग के कुरा ?

पहिलो चरणको स्थानीय चुनावको निर्वाचनमा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नव स्थापित पार्टी विवेकशील र साझासँग पनि खरो प्रतिस्पर्धा उत्रिन सकेन ।

नव स्थापित पार्टी विवेकशील र साझासँग आकाश जमिनको फरकमा मत परिणाम देखिएपछि बाबुरामले साँच्चै नै आफ्नो पार्टीगत पहुँच स्थापित गर्न नसकेको देखिएको छ । भर्खरै स्थापना भएका विवेकशील र साझा पार्टीले आफ्नो पहुँच जनता सामु बलियो बनाउँदै जाँदा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको पहुँच बिलाउँदै गएको देखिन्छ ।

सबैक्षेत्रको मत परिणाम हेर्दा अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र, साझा पार्टी र विोकशीलका उम्मेद्वार अघि देखिन्छन् भने संघीय समाजवादी फोरम नेपाललाई भने सबैले उछिनेका छन् ।

वैकल्पीक शत्तिलको स्थापना गर्ने भन्दै केही समयअघि आफ्नै बलले हुर्काएको माओवादी पार्टी छोडेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी खोलेका थिए । लामो समयसँग चुनाव चिन्हको लागि आन्दोलनमा उक्रिएपछि नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको एकता पछि पार्टीले मसाल चुनाव चिन्ह पाएको थियो ।

डा बाबुराम भट्टरार्इ नयाँ शक्ति नेपाल

विशेष