राजनीति

सल्यानमा ढोरचौर गाउँपालिकाको मेयर र उपमेयरमा एमालेको जित

सल्यानमा ढोरचौर गाउँपालिकाको मेयर र उपमेयरमा एमालेको जित

सल्यानको ढोरचौर गाउपालिकामा नेकपा एमालेले जित हात पारेको छ । निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार नरविर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै एमालेका चित्र बहादुर चलाउने गाउँपालिकाको अध्यक्ष बनेका हुन ।

उनले १ हजार ९ सय २५ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका नरविर चलाउनेले १ हजार ५ सय ३८ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा एमालेकै पुष्पा बोहराले माओवादी केन्द्रकी भुमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्षमा जितेकी छन् । उनले १ हजार ९ सय ४६ मत प्राप्त गरीन भने प्रतिद्धन्दी बुढाथोकील १ हजार ५ सय ९९ मत प्राप्त गरीन । ५ वटा वडा रहेको ढोरचौर गाउँपालिकामा वडा नम्वर १ र २ माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका थिए । ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष भने बराबर मत भएपछि गोलाप्रथाबाट चयन गरीएको छ ।

नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट काँग्रेसका दिनेश विएमलाई विजयी बनाइएको छ । अध्यक्ष बाहेक सवै वडाहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए । ९ स्थानिय तह मध्ये वाँकी ७ वडामा तिनमा माओवादी केन्द्र दुईमा एमाले, एकमा नेपाली काँग्रेस र एकमा राप्रपाले अग्रता कायम गरेका छन् ।

जिल्लाभरी ३५ वडाको नतिजा सार्वजनिक, जसमा माओवादी १५ एमाले १२ र काँग्रेसको ८ वडामा जित

माआवादी केन्द्रले जितेका वडाहरु
१ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम,
२ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पुरै टिम,
३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम,
४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम
५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा पुरै प्यानल विजयी
६ बागचौर नपा ११ मा मोहन खड्काको पुरै टिम
७ बागचौर नपा १२ मा दिपक वलीको पुरै टिम
८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्काको पुरै टिम
९ कपुरकोट गाउपालिका २ मान बहादुर रानाको पुरै टिम
१० रामपुर गाउपालिका ६ मा टेक बहादुर पुलामी सहित पुरै टिम
११ दार्मा गाउपालिका ४ मा चन्द्र बहादुर रावत सहित पुरै टिम
१२ दार्मा गाउपालिका ३ मा शक्ती बहादुर रोकाय सहित पुरै टिम
१३ वनगाड कुपिण्डे २ मा प्रतिमल रोका सहित पुरै टिम
१४ वागचौर नगरपालिका १० मा कृष्ण खड्का सहित पुरै टिम
१५ दार्मा गाउपालिका २ मा डिल्ली केसी सहित पुरै टिम

नेकपा एमालेले जितेका वडाहरु
१ शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजयी
२ शारदा नगरपालिका २ बाट केशव सिंह श्रेष्ठको टिम
३ शारदा नगरपालिका ३बाट टोप बहादुर थापा
४ त्रिवेणी १ मा छवि केसीको पुरै टिम
५ ढोरचौर गाउपालिका ३ मा शालीकराम बुढाथोकीको पुरै प्यानल
६ बनगाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डांगीको पुरै टिम
७ बागचौर नपा २ मा घनश्याम शर्माको पुरै टिम विजयी
८ दार्मा गापा १ मा कवि कुमार चन्द सहित पुरै प्यानल
९ छत्रेश्वरी गाउपालिका ३ मा राज बहादुर बुढाथोकी सहित पुरै प्यानल
१० ढोरचौर गाउपालिका ५ मा नन्दलाल बोहरा सहित पुरै प्यानल
११ कालिमाटी गाउपालिका ५ मा चन्द्र बहादुर गाहा सहित पुरै टिम
१२ कुपिण्डे बनगाड नगरपालिका १ मा शान्त कुमार यरी सहित पुरै प्यानल


नेपाली काँग्रेसले जितेका वडाहरु
१ वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगी सहित पुरै प्यानलमा विजय
२ छत्रेश्वरी गाउ पालिका १ मा नेव बहादर शाह सहित पुरै प्यानल विजय
३ कालीमाटी गाउपालिका ७ मा नयन सिहं रानाको पुरै प्यानल विजयी
४ त्रिवेणी गाउपालिका २ मा मेघराज खड्का सहित पुरै टिम
५ शारदा नपा ४ मा सुदन विष्ट विजयी अन्य सबै सदस्य एमाले
६ कपुरकोट गाउपालिका ३ मा मिन बहादुर सेन सहित पुरै प्यानल
७ शारदा नपा ५ मा प्रदीप शाही सहित पुरै टिम
८ ढोरचौर गाउपालिका ४ दिनेश विएम (गोलाप्रथाबाट)

विशेष