काठमाडौंका १० नगरपालिकामा एमालेको शर्मनाक पराजयको संकेत
जेठ–३ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चार मध्ये तीन महानगरपालिकामा एमालेले लिड गरिरहेको छ । काठमाडौ जिल्लामा काठमाडौं महानगर बाहेक १० वटा नगरपालिका पनि छन् । ती नगरपालिकामा भने एमालेको अवस्था शर्मनाक हुने संकेत देखिएको छ । किनभने ७ नगरपालिकामा नेपाली कांग्रेसको अग्रता छ । ३ नगरपालिकामा मात्रै एमाले अगाडि छ ।
जसअनुसार काठमाडौंको टोखा नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। जहाँ काँग्रेसले मेयरमा ४ हजार ५२ र उपमेयरमा ३ हजार ८ सय ९२ मत ल्याएको छ र एमालेले मेयरमा ३ हजार ६ सय ५६ र उपमेयरमा ३ हजार ७ सय ९० मत ल्याएको छ । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा काँग्रेसले मेयरमा १०८६ र उपमेयरमा १०८२ मतका साथ अग्रता कायम गरेको छ। यहाँ पनि एमालेले नै पछ्याइरहेको छ । जहाँ मेयरमा ९८७ र उपमेयरमा १०४२ मत ल्याएको छ ।
काठमाडौंकै अर्को नगर चन्द्रागिरिमा पनि काँग्रेसकै उम्मेदवार अगाडि छन् । चन्द्रागिरिको मेयरमा काँग्रेसको ४ हजार ६ मत, एमालेको १ हजार पाँच सय १२ मत र माओवादी केन्द्रको १ हजार ३ सय ६६ मत रहेको छ ।
तार्केश्वरमा पनि नेपाली काँग्रेसले अग्रता लिएको छ । मेयरमा काँग्रेसले २०२७ मत ल्याएको छ भने एमालेले १७७८ मत ल्याएको छ । अर्को नगर गाकर्णेश्वरमा पनि नेपाली काँग्रेसले मेयरमा २७७२ मत पाएको छ भने एमालेको १९५९ मत रहेको छ । काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। जहाँ काँग्रेसले १५२० र एमालेले १४५८ मत ल्याएको छ। त्यस्तै शंखरापुरमा नेकपा एमालेले अग्रता लिएको छ। जहाँ एमालेले मेयरमा २७४८, उपमेयरमा २५२३ मत ल्याएको छ।
त्यस्तै माओवादी केन्द्रले मेयरमा १७९१ र उपमेयरमा १७८७ मत ल्याएको छ। अर्को नगर बुढानिलकण्ठमा एमालेले अग्रता कायम गरेको छ। जहाँ एमालेले ३१०८ र काँग्रेसले २३०८ मत ल्याएको छ। दक्षिणकाली नगरपालिकामा पनि एमालेले २३८७ मतका साथ मेयरमा लिड गरेको छ भने काँग्रेसले १९३८ मतका साथ पछ्याइरहेको छ। त्यस्तै कीर्तिपुरमा पनि एमालेले नै लिड गरेको छ। एमाले रमेश महर्जनले ६१४ मत पाएका छन् भने कांग्रेसका राजकुमार नकर्मीले ६०७ मत पाएका छन ्।