केपी ओलीले बोले अहिलेसम्मकै खतरनाक र लाजमर्दो कुरा
जेठ–३ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले २४ वर्ष अघि रहस्यमय घटनामा परेका ज्यान गुमाएका नेता मदन भण्डारीको मृत्युको रहस्य पत्ता लाग्ने दावी गरेका छन् ।
२४ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले ५८ सालको दरबार हत्याकाण्डको रहस्य पनि पत्ता लाग्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘दासढुंगा, दरबार हत्याकाण्ड जस्तो ठूलो घटनाको रहस्य पत्ता लाग्छ, समय लाग्न सक्छ तर पत्ता लाग्छ ।’
५० साल जेठ ३ गते चितवनको दासढुंगामा मदन भण्डारी र जीवराज आश्रित सवार जीप त्रिशूलीमा खसेको थियो त्यो घटनालाई एमालेले स्वाभाविक दूर्घटनाका रुपमा लिएर सहीछाप गरिसकेको छ ।
५८ सालमा दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्रको वंश नै नाश भएको थियो । दरबारभित्रको त्यत्रो नरसंहार देख्ने अहिले पनि धेरै जीवीतै छन् । एमाले आफै सरकारमा हुँदा पनि यो विषय खोतल्ने प्रयास गरेन ।