राजनीति

कांग्रेसलाई दोस्रो बनाउने देउवानै हुन् भन्दै रामचन्द्रका छोराले दिए खतरनाक अभिव्यक्ति

कांग्रेसलाई दोस्रो बनाउने देउवानै हुन् भन्दै रामचन्द्रका छोराले दिए खतरनाक अभिव्यक्ति


जेठ ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलले कांग्रेसलाई अधोगति तर्फ धकेल्न सभापति शेरबहादुर देउवा लागिपरेको खुलासा गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै कांग्रेस सभापति देउवाको मानोमानीका कारण जनताले कांग्रेसलाई पत्याउन छाडेको र सभापति सच्चिनुपर्ने बताएका छन् ।

यस्तो छ उनको फेसबुक स्टाटस

आज कांग्रेस दोस्रो हुनुको कारण

१. सभापतिको आडमा मनोमानी ढंगले टिकट दिलाउनु
२. सर्वोच्चले गरेको निर्णयमा असहमति गर्दै पार्टीको निर्णय पुस्तिकामै उल्लेख गर्नु
३. सर्वोच्चको न्यायाधीश विरुद्ध पर्याप्त छलफल विना महाभियोग दर्ता गर्नु
४. पैसाको बलमा उच्च पदमा नियुक्ति लगायत कार्य गर्नु
५. पार्टीको केन्द्रिय कार्यालय बाट अर्को पार्टीलाई भोट हाल्ने निर्देशन दिनु

यस्तै नेतृत्व कायम रहे आगामी चुनावमा तेस्रो पार्टी कांग्रेस नबनाउलान भन्न सकिन्न

 

विशेष