राजनीति

मतगणना ढिलो भएपछि सभागृह पुगे प्रमुख निर्वाचन आयुक्त

मतगणना ढिलो भएपछि सभागृह पुगे प्रमुख निर्वाचन आयुक्त

काठमाडाैँ काठमाडौं महानगरपालिकाको मतगणना निकै ढिलो भएको गुनासो बढेपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव निरीक्षणका लागि आएका छन् । निरीक्षणपछि उनले धेरै ठाउँबाट मत गनेर भए पनि चाँडो सक्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मतगणना कछुवा गतिमा भएपछि कार्यकर्ता, आममतदातामा मतपरिणामलाई लिएर उत्साह र जाँगरभन्दा पनि निराशा थपिएको भन्दै आक्रोशित बनेका थिए । मतगणनामा ढिलाइ हुनुलाई उनीहरुले निर्वाचन आयोगको गैरजिम्मेवारीपन भनी टिप्पणी गरेका थिए ।

अहिलेसम्म एउटा वडाको मात्र पूरै गणना सकिएको छ । अहिलेसम्म चार ठाउँबाट गणना भइरहेकोमा बेलुकासम्ममा ७ ठाउँबाट गन्ने तयारी भइरहेको छ । नयाँ बिल्डिङमा काम सुरु गर्न महानगरपालिकाका कर्मचारी लागिरहेका छन् ।

विशेष