राजनीति

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका युवराज कुँवर चार हजार ६७२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णुबहादुर केसीले चार हजार ४०८ मत पाएका थिए ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी खिमकुमारी गुरुङले चार हजार ४६९ मत पाएका छन् । एघार वडा भएको सो गाउँपालिकामा १५ हजार ५६९ मतदाता रहेकोमा ११ हजार ४५० मत खसेको थियो । 

विशेष