राजनीति

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एमाले विजयी

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एमाले विजयी

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर गुरुङ पाँच हजार ८०७ मत ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका खुसीमान गुरुङले चार हजार ६०१ मत ल्याएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कृष्णकुमारी पौडेल दवाडी पाँच हजार ४७९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी टेकनसुब्बा गुरुङले चार हजार ४७३ मत प्राप्त गरेका थिए ।

गाउँपालिकाको वडा नं ३ देखि ९ सम्मको पूरै समूह एमालेले जितेको छ । जसमा वडा नं– ३,४,५,६,७,८ र ९ को वडाध्यक्षमा क्रमशः सूर्यप्रसाद लम्साल, पूर्णबहादुर शाही, जुमबहादुर गुरुङ, हरिश्चन्द्र ढुङ्गाना, सोमबहादुर गुरुङ, कृष्ण दवाडी र दुर्गाबहादुर क्षेत्री निर्वाचित भएका छन् ।

वडा नं १ कौ पूरै समूह नेपाली काँग्रेसले जितेको छ । जसको वडाध्यक्षमा वीरेन्द्र गुरुङ विजयी हुनुुभएको छ । त्यस्तै वडा नं २ को वडाध्यक्षमा एमालेका विक्रम गुरुङ र महिला सदस्य र दलित सदस्यमा एमाले तथा दुई खुल्ला सदस्यमा नेपाली काँग्रेस विजयी भएको छ ।

नौ वडा रहेको यस गाउँपालिकामा १६ हजार ३०१ मतदाता रहेकामा १२ हजार ३१३ मत खसेको निर्वाचन अधिकृत गङ्गाप्रसाद पौडेलले जानकारी दिए ।

 

विशेष