राजनीति

मेलम्ची– ९ मा काँग्रेस, ६, ७ र ८ मा एमाले विजयी

मेलम्ची– ९ मा काँग्रेस, ६, ७ र ८ मा एमाले विजयी

मेलम्चीः मेलम्ची नगरपालिका– ६, ७ र ८ मा नेकपा (एमाले) विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– ९ मा नेपाली कांग्रेस विजयी भएको छ ।

नगरपालिकाको वडा नं– ६ को वडाध्यक्षमा एमालेका जितराज थापाले ८०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेम तामाङले ६२५ मत प्राप्त गरेका छन् ।

यसैगरी सोही नगरपालिकाको वडा नं ७ को वडाध्यक्षमा एमालेका ज्ञानु श्रेष्ठले एकम हजार ९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्यानबहादुर तामाङले ७२२ मत प्राप्त गरेका छन् ।

नगरपालिकाको वडा नं– ८ को वडाध्यक्षमा एमालेका छङ्कराज गिरीले ३६४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितबहादुर दोङले ३२७ मत प्राप्त गरेका छन् ।

यस्तै सो नगरपालिकाको वडा नं– ९ को वडाध्यक्षमा काँग्रेसका कमलबहादुर खड्काले ९२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ठाकुरप्रसाद कुँइकेलले ६५८ मत प्राप्त गरेका छन् ।

यसैगरी मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नगर प्रमुखमा नेकपा (एमाले)का डम्वर अर्यालले पाँच हजार ५५५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका आइतमान तामाङले चार हजार ९४२ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले दुई हजार ३२२, राप्रपाका फणिन्द्र दाहालले दुई हजार एक मत प्राप्त प्राप्त गरका छन् ।

यस्तै नगरपालिकाको नगर उपप्रमुखमा एमालेका भगवती नेपालले पाँच हजार ७४७, काँग्रेसका सविता गुरुङले चार हजार ७१९, राप्रपाका कुमारी तामाङले दुई हजार १६५ र नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले एक हजार ९९८ मत प्राप्त गरेका छन् ।

स्थानीय तह निर्वाचन

विशेष