राजनीति

शारदा नगरपालिकाको मतगणना पुनः सुरु गर्न निर्वाचन आयागले निर्देशन

शारदा नगरपालिकाको मतगणना पुनः सुरु गर्न निर्वाचन आयागले निर्देशन

सल्यानको शारदा नगरपालिकामा मतगणना पुनः सुरु गर्न निर्वाचन आयागले निर्देशन दिएको छ। मतगणनाको क्रममा मत संख्या कम भएको भन्दै विवाद उत्पन्न भएपछि मत गणना स्थगित भएको थियो । 

आयोगले गणनापछि सिलबन्दी गरिएको मतपत्र फेरि खोल्न नमिल्ने व्यवस्था भएकाले विवाद आवश्यक नभएको स्पष्ट पार्दै मतगणना सुरु गर्न निर्देशन दिएको हो ।

यो विषयमा जिल्ला समन्वय समितिमा सर्वदलीय वैठक बोलाइएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ। तर, नेपाली कांग्रेसवाहेकका दलहरुले पुनः मतगणना गर्न पाउनु पर्ने माग गरिरहेका छन्।

विशेष