राजनीति

बेनी नगरपालिकामा कांग्रेसका श्रेष्ठ विजयी

बेनी नगरपालिकामा कांग्रेसका श्रेष्ठ विजयी

म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले ५ हजार ६७९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रमोद श्रेष्ठले ५ हजार ६३४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने राप्रपाकी सञ्जु बरुवाल विजयी भएकी छन् । उनले ३ हजार ९९५ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले ३ हजार ९६१ मत प्राप्त गरिन् । बेनीका १० वटा वडामध्ये आठवटाको अध्यक्षमा एमाले, एउटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

विशेष