राजनीति

बहिनीलाई जिताउन मथुराबाट आएकी विपना निराश हुँदै फर्किइन्

बहिनीलाई जिताउन मथुराबाट आएकी विपना निराश हुँदै फर्किइन्


जेठ ३ । नायिका विपना थापाकी बहिनी बासना थापा दैलेखको नारायण नगरपालिकाको उपमेयरमा पराजित भएकी छन् ।

बहिनीलाई जिताउन र प्रचार प्रसारका लागि भन्दै भारतको मथुराबाट दिदी विपना थापा आए पनि कांग्रेसबाट उम्मेदवार बनेकी बासना एमालेकी उम्मेदवारसँग ६ सय मतान्तरले पराजित भइन् । बासना थापा एमाले उम्मेदवार सावित्री मल्लभन्दा ६ सय मतले पराजित भएकी हुन् ।

विपनाकी फुपू कल्याणी खड्का पनि काठमाडौँको नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको उपमेयरमा उठेकी छिन् । त्यहाँ पनि उनी एमाले उम्मेदवारभन्दा पछि रहेकी छिन् तर मतगणना जारी छ ।

Basna Thapa

विशेष