देउवालाई संकेत गरेर कांग्रेसी जमघटमा निस्कियो आवाज– ‘खत्तम पार्यो नी मोराले’
जेठ–३ । ‘खत्तम पार्यो नी मोराले भन्दै कोइराला निवासमा रुवावासी शुरु भएको थियो ।’ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठपुत्र सन्देशको गत हप्ता बसुन्धारस्थिति दियालो पार्टी प्यालेसमा सम्पन्न वैवाहिक रात्रिभोजमा एउटा प्रशंग निकालेर रामचन्द्र पौडेलले खुच्चिङको लयमा भने, ‘ अब तिमीहरु पनि त्यसै गरी रोयर बस ।’ उनको कुरा सुन्नासाथ पोहोर शेरबहादुर देउवालाई सभापतिमा जिताउन महत्वपूर्ण भूमिका खेल्ने कृष्णप्रसाद सिटौलाले भने, ‘तपाईले बरु रुने अधिकार राख्नुभयो, हामीले त ऐय्यासम्म भन्न पाएनौं ।’
उनलाई समर्थन गर्दै केही हँसिलो पारामा रामचन्द्र बोली हाले ‘त्यो त हो । रामशरण महत र मिनेन्द्र रिजालसमेत वरपर रहेको सो जमघटमा कसैले प्वाक्क भनेको थियो– डुबायो नि दाजु देउवाले डुबायो ।’ त्यसैलाई बेलुन भर्दै पौडेलले माथिको संवाद बोलेका हुन् । उनले त्यही बताएअनुसार कोइरालाहरुले देउवालाई त्यतिन्जेल उकास्दै ल्याए जुन दिनसम्म उनीबाट राजाका पाउमा सत्ता सुम्पने काम फत्ते भएन ।
०५९ र ०६१ गरी देउवाले दुई चोटी ज्ञानेन्द्रलाई सत्ता हातमा बुझाएपछि कोइराला निवासमा रुवावासी चलेको थियो । सोही सन्दर्भको सम्झना गर्दै रामचन्द्रले धाका दिएपछि कोइरालाहरुले नरोई सुख पाउँथे ?
उनीहरुले त्यसपछि बल्ल बरु त्यो बाहुन (पौडेल आफै)लाई पत्याएको भए उसले यतिसम्म ठूलो अपराध त गर्दैनथियो कि भन्न थालेका हुन् ।
चितवनमा दिने कोइरालालाई शेरबहादुर मेयरको टिकट दिएपछि रामचन्द्र पौडेलले त्यहाँ सूर्यकान्त घिमिरेलाई दिउँ, उनी प्रोफेसर भए पनि लडन भिडन पछि नपरेका जुझारु मान्छे हुन् । विद्यार्थी सरह प्रतितपक्षीसँग भिडेका, डिनसम्म भएका पोहोर मात्रै अवकाश पाएका हुनाले उनलाई नै ठीक हुन्छ भन्दा देउवाले सुनेनन् ।
–जनआस्था साप्ताहिकबाट