राजनीति

यसरी कब्जा गरेको थियो एमालेले २० वर्ष अघिको स्थानीय तह (सूचीसहित)

यसरी कब्जा गरेको थियो एमालेले २० वर्ष अघिको स्थानीय तह (सूचीसहित)


जेठ ३ । बीस वर्षअघि २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा सबैभन्दा धेरै स्थानमा एमाले विजयी भएको थियो ।

दुई दशकअघिको निर्वाचनमा नगरपालिकामा एमालेको बर्चस्व देखिएको थियो । त्यसबेलमा देशभरका ५८ नगरपालिका मध्ये नेकपा एमालेले ४१ मेयर र ४३ उपमेयरमा जित हासिल गरेको थियो । त्यसैगरी कांग्रेसका उम्मेदवारले ६ नगरपालिकामा मेयर र १३ नगरपालिकामा उपमेयर जितेका थिए । राप्रपाले तीन मेयर, सदभावना पार्टीले दुई मेयर, नेमकिपाले एक मेयर र एक उपमेयर तथा स्वतन्त्र उम्मेदवराले पाँच मेयर एक उपमेयर जितेका थिए ।

एमालेले चार सय ३३ जना महिला सदस्य, एक हजार तीन सय ९७ सदस्य, पाँच सय सात वडाअध्यक्ष जितेको थियो । कांग्रेस दुई सय ३० महिला सदस्य सात सय चार सदस्य र दुई सय ४६ वडाअध्यक्ष जितेको थियो ।  

राप्रपाले ६५ स्थानमा महिला सदस्य, एक सय ८४ सदस्य र दुई सय ४६ वडाध्यक्ष पदमा जित हासिल गरेको थियो ।

एमालेले जितेका मेयर र उपमेयरको सूचि

इलाम
दमक, झापा
मेचीनगर, झापा
खाँदबारी, संखुवासभा
धनकुटा
विराटनगर
इनरुवा, सुनसरी
इटहरी, सुनसरी
धरान, सुनसरी
त्रियुगा, उदयपुर
लाहान, सिराहा
भीमेश्वर, दोलखा
कमलामाई, सिन्धुली
जलेश्वर, महोत्तरी
विदुर, नुवाकुट
काठमाडौं
ललितपुर
पनौती, काभ्रै
हेटौडा, मकवानपुर
कलैया, बारा
भरतपुर, चितवन
रत्ननगर, चितवन
पृथ्वीनारायण, गोरखा
पोखरा, कास्की
लेखनाथ, कास्की
पुतलीबजार, स्याङजा
तानसेन, पाल्पा
बुटवल, रुपन्देही
कालिका, बाग्लङ
त्रिभुवननगर, दाङ
नारायण, दैलेख
विरेन्द्रनगर, सुर्खेत
नेपालगञ्ज, बाँके
गुलरिया, बर्दिया
दिपायल, डोटी
धनगढी, कैलाली
टिकापुर, कैलाली
दशरथचन्द्र, बैतडी
महेन्द्रनगर, कन्चनपुर

नेपाली कांग्रेस

सिराहा
मध्यपुर थीमी, भक्तपपुर
बनेपा, काभ्रे
ब्यास, तनहुँ
वालिङ, स्याङ्जा
अमरगढी, डडेल्धुरा

राप्रपा

विरगञ्ज , पर्सा
सिदार्थनगर, रुपन्दही
कपिलवस्तु, तौलिहवा

सदभावना

भद्रपुर, झापा
रामग्राम नवलपरासी
कपिलस्तु

नेमकिपा

भक्तपुर

स्वतन्त्र

राजविराज, सप्तरी
जनकपुर धनुषा
मलंगवा, सर्लाही
धुलिखेल काभ्रे
गौर, रौतहट

 

UML Nepal

विशेष