राजनीति

रञ्जुको लोकप्रियता बढ्दो, किशोर भन्दा करिब ८०० मतले अगाडि

रञ्जुको लोकप्रियता बढ्दो, किशोर भन्दा करिब ८०० मतले अगाडि


जेठ ४ । स्थानीय चुनावमा सबभन्दा कान्छी उम्मेदवारको चर्चा कमाएकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाको लोकप्रियता बढ्दो छ । साझा पार्टीका प्रतिस्पर्धी किशोर थापा भन्दा करिब ८०० भन्दा बढि मतले अग्रता लिएकी छन् ।

२१ वर्षमै मेयरमा पदमा उम्मेदवारी लिएपछि रञ्जुको एकाएक चर्चा चुलिएको छ । उनले ल्याएको मतले महानगरमा राम्रै प्रभाव परेको देखिएको छ ।

महानगरमा सबभन्दा अग्र स्थानमा नेकपा एमालेका उम्मेद्वार विन्द्यासुन्दर साक्य ५४५८ भोटले अघि छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशी ३२३५ भोटले दोस्रो स्थानमा छन् । २२०९ भोटले रञ्जु तेस्रो स्थानमा छिन् भने साझा पार्टीका उम्मेद्वार किशोर थापा १४९७ भोटले चौथो स्थानमा छन ।

Bibeksil Nepali

विशेष