राजनीति

यस्तो छ १ सय ७७ स्थानको मतपरिणाम कस्ले कति जिते (सूचीसहित)

यस्तो छ १ सय ७७ स्थानको मतपरिणाम कस्ले कति जिते (सूचीसहित)


जेठ ४ । पहिलो चरणमा भएको निर्वाचनको मतपरिणामा आउने क्रम जारी रहेको छ ।

अहिले सम्मको पछिल्लो मतपरिणामा २८ नगरपालिका र १ सय ४७ गाँउपालिका सहित १ सय ७७ स्थानको मतपरिणाम सार्वजनिक भई सकेको छ । पहिलो चरणमा चार महानगरपालिका २ सय ८३ स्थानको मतदान भएको थियो । शान्तिपूर्ण रुपमा भएको मतदानमा परिणाम आउने क्रम जारी रहेको छ ।

अहिले सम्म नेकपा एमालेले १३ नगरपालिका ५६ गांउपालिकासहित ६९ स्थानमा विजयी भएको छ भने नेपाली कांग्रेस ५८ गाँउपालिका र ९ नगरपालिका सहित ६७ स्थानमा विजय हाँसिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रले ९ नगरपालिका र २७ गाँउपालिका सहित ३६ स्थानमा विजयी भएको छ । त्यस्तै राप्रपा, जनमोर्चा र नयाँशक्तिले १÷१ स्थानमा विजयी भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ३ स्थानमा विजयी भएका छन् ।

एमालेले ५० स्थानमा अग्रता लिंदा कांग्रेस ३९ स्थानमा अगाडि रहेको छ भने माओवादी केन्द्रले ९ स्थानमा अग्रता लिएको छ भने अन्य ४ दलले अग्रता लिएका छन् ।

निर्वाचन

विशेष