राजनीति

मुगुको छायानाथ–रारा नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

मुगुको छायानाथ–रारा नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले  विजयी

मुगु: छायानाथ–रारा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका हरिजंग शाही तीन हजार ५६० मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गरे ।

नगर उपप्रमुखमा एमालेका सुन्तला रोकायाले तीन हजार २२५ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा मओवादी केन्द्रका शुरबहादुर बुढाले दुई हजार ९७० मत प्राप्त गरे । छायानाथ–रारा नगरपालिकाको १४ वडामध्ये कांग्रेस सात, एमाले चार र माओवादी केन्द्र तीनओटामा विजयी भएको छ ।

वडा नम्बर–१ लोकबहादुर धिताल (एमाले), २ मा परेगराज चौलागाइँ ९एमाले०, ३ मा नरबहादुर रावल (कांग्रेस), ४ मा विष्णुबहादुर भाम (कांग्रेस), ५ मा डम्मर रावल ९एमाले०, ६ मा हर्क ऐडी (कांग्रेस), ७ मा हरिचन्द्र शाही ९एमाले०, ८ मा कर्णबहादुर रावल (कांग्रेस), ९ मा मणिचन्द्र रोकाया निर्विरोध ९माओवादी केन्द्र०, १० मा धर्मदत्त सावद (कांग्रेस), ११ मा दानबहादुर बुढा (कांग्रेस), १२ मा सुवाषचन्द्र बुढा (माओवादी केन्द्र), १३ मा चक्रबहादुर साउद ९कांग्रेस० र वडा नम्बर १४ मा नन्दलाल बढुवाल (एमाले) विजयी भएका छन् ।

यस्तै, जिल्लाको तीनओटा गाउँपालिकामध्ये दुईओटाको मतगणना सम्पन्न भएको छ । कारमारोम गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा एक हजार १७० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सोनाम छिरिङ लामाले एक हजार २६ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेका छिरिङ तामाङ एक हजार ६१ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका इटोल लामाले ९१५ मत प्राप्त गरे । सो गाउँपालिकाको ९ ओटा वडामध्ये पाँचओटामा एमाले र चारओटामा कांग्रेस विजयी भएको छ ।

वडा नम्बर–१ को वडाध्यक्षमा सोनाम याङ्जी तामाङ (एमाले), २ मा कार्मा तामाङ (एमाले), ३ मा लुङडुङ तामा (कांग्रेस), ४ मा छिरिङ टासी तामा (कांग्रेस), ५ मा छेवाङ ग्याल्जेक तामा (एमाले), ६ मा कारमा फुन्जोक लामा निर्विरोध (कांग्रेस), ७ मा च्यावा लामा (कांग्रेस), ८ मा धोर्पा छिरिङ लामा (एमाले) र वडा नम्बर–९ को वडाध्यक्षमा सिरु बुढा (एमाले) विजयी भएका छन् ।

यसैगरी, खत्याड गाउँपालिकाको अध्यक्षमा एमालेका उब्जन शाही दुई हजार ३०७ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका विर्खबहादुर थापाले दुई हजार ३८ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेका जयनन्द रावलले दुई हजार ३२२ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सरिता रोकायाले दुई हजार ३१५ मत प्राप्त गरिन् ।

सो गाउँपालिकाको ११ वडामध्ये एमाले चारओटामा, कांग्रेस तीन, माओवादी केन्द्र तीन तथा स्वतन्त्र उम्मेदवार एउटा वडामा विजयी भएका छन् ।

वडा नम्बर–१ को वडाध्यक्षमा मेरबहादुर बुढा (माओवादी केन्द्र), २ मा लालबहादुर मल्ल (एमाले), ३ मा सुकिन्द बानियाँ (कांग्रेस), ४ मा कालीबहादुर रोकाया (माओवादी केन्द्र), ५ मा मानसिंह रोकाया (एमाले), ६ मा भरतबहादुर शाही (माओवादी केन्द्र), ७ मा जयऋषी उपाध्याय (कांग्रेस), ८ मा रामबहादुर रावत ९कांग्रेस०, ९ मा नरेन्द्र रोकाया (स्वतन्त्र), १० मा तिलकबहादुर रावल (एमाले) र वडा नम्बर–११ को वडाध्यक्षमा जंगबहादुर कार्की (माओवादी केन्द्र) विजयी भएका छन् । जिल्लाको सुरु गाउँपालिकाको मतगणना भइरहेको छ । 

 

विशेष