राजनीति

पाँचखाल– ८, ९ र १० मा कांग्रेस विजयी

पाँचखाल– ८, ९ र १० मा कांग्रेस विजयी

काभ्रेः काभ्रेको पाँचखाल नगरपालिका– ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका सञ्जय तामाङ एक हजार २० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कर्मसिंह तामाङले १६२ मत प्राप्त गरे ।

त्यसैगरी पाँचखाल नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसका किरण श्रेष्ठ ७६२ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका शिवराज भेटुवालले ६४५ मत प्राप्त गरे ।

यसैगरी नगरपालिका– १० को वडाध्यक्षमा कांग्रेसका केशव बञ्जारा ६०६ मत ल्याई विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका वेदप्रसाद बञ्जाराले ५८८ मत प्राप्त गरे।

मण्डन देउपुर नगरपालिका– ८ को वडाध्यक्षमा एमालेका झलकप्रसाद पौडेलले ३९७ मत ल्याई विजयी भए ।

धुलिखेल नगरपालिका– १ को वडाध्यक्षमा एमालेका रमेशप्रसाद घोरासैनीले ३८७ मत ल्याई विजयी भए ।

नमोबुद्ध नगरपालिका– १ को वडाध्यक्षमा कांग्रेसका कर्म ग्याल्वो लामा ५०८ मत ल्याई विजयी भए ।

विशेष