राजनीति

गोदावरी नगरपालिका प्रमुखमा कांग्रेसका महर्जन विजयी

गोदावरी नगरपालिका प्रमुखमा कांग्रेसका महर्जन विजयी

गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन् ।

महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रमुख प्रतिस्पर्धी एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्द्रका सीता घिमिरेले ६ हजार ४१३ मत प्राप्त गरेका छन् ।

विशेष