राजनीति

गैँडाकोटमा एमालेका पौडेल विजयी

गैँडाकोटमा एमालेका पौडेल विजयी

नवलपरासीः नवलपरासी जिल्लामा नेपाली काँग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र मानिने गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेल विजयी भएका छन् ।

यसैगरी उपप्रमुखमा भने काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बनेका छन्। गैँडाकोटमा प्रमुखमा विजयी पौडेलले कुल ११ हजार ३०२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ हजार मत प्राप्त गरे । उपप्रमुखमा कुल ११ हजार ५५५ मत प्राप्त गरी काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राधा पाण्डेले १० हजार ४५६ मत प्राप्त गरे ।

नवलपरासीमा हालसम्म नगरपालिकातर्फ देवचुली, गैँडाकोट र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङ्टार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा मतगणना सम्पन्न भइसकेको छ । प्रमुख पदमा गैँडाकोटबाहेक अरु सबै स्थानमा काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । अब नवलपरासीमा कावासोती नगरपालिकामा मात्र परिणाम घोषणा हुन बाँकी छ । 

मत परिणाम

विशेष