विजय जुलुस मनाउँदै गर्दा कांग्रेस कार्यकर्ताको मृत्यु
जेठ ४ । सल्यानमा विजय जुलुस मनाउँदै गर्दा नेपाली कांग्रेसका एक कार्यकर्ताको बुधबार मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । जुलुसमा हिडिँरहेको अवस्थामा एक्कासि लडेर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको हो ।