राजनीति

प्रधानमन्त्रीको दौडमा एमालेका ‘पेले, म्याराडोना र रोनाल्डो’

प्रधानमन्त्रीको दौडमा एमालेका ‘पेले, म्याराडोना र रोनाल्डो’

जेठ ४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाका लागि मैदान खाली गरिदिन प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल सरकारको नेतृत्वमा आफ्नो दाबेदारीको आन्तरिक तयारी गरेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकार निर्माण बहुमतीय प्रक्रियाका लागि संसदमा गएपछि पार्टीले उम्मेदवारी दिने सैद्धान्तिक निर्णय भएको छ । स्पष्ट रुपमा उम्मेदवारी नतोकिए पनि कांग्रेस सभापति देउवालाई माओवादी र मधेसवादी केन्द्रीत लगायतका दलहरुले अघि सारेको अवस्थामा एमालेका तर्फबाट उपाध्यक्ष गौतम स्वयं नै उम्मेदवार बन्ने जानकारी पार्टी उच्च स्रोतले दिएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दाहालले देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया संसदमा गएपछि प्रधानमन्त्री पदका लागि मैदान खाली हुने र प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेले यसलाई उपयोग गर्ने बताए ।

‘गौतमलाई चयन गर्दै अप्ठेरोमा पार्ने रणनीति हो र’ भन्ने जिज्ञासामा श्रेष्ठले भने, ‘एमालेभित्र गौतममात्रै होइन केपी शर्मा ओली, माधवकुमार नेपालजस्ता म्यारोडोना, पेले र रोनाल्डो रहेकाले दाहालको राजीनामापछि कुनै एक नेताले गोल गर्नुहुनेछ । प्रधानमन्त्रीको पदमा सुट गर्ने मौका पाउनासाथ कोही न कोही एमाले नेता गोल गर्दै प्रधानमन्त्री बन्नु हुनेछ ।’

UML

विशेष