काठमाडौंमा कुनै पार्टी पनि नफुर्किए हुन्छ, १ लाख मत त गणना गर्नै बाँकी छ
जेठ–३ । काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेका विद्यासुन्दर शाक्यले अग्रता कायमै राखेका छन् । शुक्रबार बिहानसम्मको मत परिणाममा विद्यासुन्दर झन्डै ३५ सय मतले अगाडि छन् । काठमाडौंमा खसेको मत मध्ये ३० हजार मत गणना भइसकेको छ । अझै झण्डै १ लाख ७० हजार मत गन्न बाँकी छ ।
पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार शाक्यले ३ हजार ५ सय ९० मतअन्तरले अग्रता लिएका छन् । शाक्यले १० हजार २४५ मत पाएका छन् भने कांग्रेसका राजुराज जोशीले ६ हजार ६५५ मत पाएका छन् ।
तेस्रो स्थानमा विवेकशीलकी रन्जु दर्शना छिन् । उनले ३ हजार ९३८ मत पाएकी छन् । चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाको ३ हजार १३९ मत छ भने माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १ हजार ९४ मत पाएका छन् ।