राजनीति

शंकर पोखरेलको स्पटोक्ति भरतपुरको मेयरसँग प्रधानमन्त्री साट्ने कुरा हल्ला मात्रै

शंकर पोखरेलको स्पटोक्ति भरतपुरको मेयरसँग प्रधानमन्त्री साट्ने कुरा हल्ला मात्रै


जेठ ५ । यतिबेला भरतपुर महानगरपालिका मतपरिणामको निकै चर्चा हुन थालेको छ ।

भरतपुरमा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पूत्री रेणु दाहाल बिच प्रतिस्पर्धा भइरहेको छ । तर यतिमा मात्रै यो सिमित छैन । अहिले भरतपुरको मेयरसँग एमालेले प्रधानमन्त्री साट्ने भन्ने कुरा भाइरल भईरहेको छ ।

एमालेले रेणु दाहाललाई भरतपुरको मेयर दिए यता बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गोप्य सहमति भएको कुराको हल्ला चल्न थालेको हो । हिजो मात्रै दिनभर मतपरिणाम गोप्य राख्नाले पनि यसैको संकेत हो भन्दै मतपरिणाम सुन्न ब्यग्र रहेका पत्रकारहरु आन्दोलनमा उत्रिएपछि बेलुका मात्रै मतपरिणाम सार्वजनिक भएको थियो ।

तर यसो नभएको एमाले नेता शंकर पोखरेलले सामाजिक संजाल फेसबुकमा बताएका छन् ।

मतगणना गर्दा ठाँउ विशेषका आधारमा मत तलमाथि हुन सक्छ तर भरतपुर नगरपालिकामा हामी जित्दैछौ । अनावश्यक हल्लकाको पछि नलाग्न अनुरोध छ ।

 

विशेष