कला साहित्य

गजल

नेत्र पाैडेल 

गजल

राजनीतिक अस्तिरता चर्किएको छ देशमा
सरकार ढाल्न अशान्ति फर्किएको छ देशमा

हत्या, हिंसा, असुरक्षा, महगी बढ्दै जाँदा
संक्रमणको पक्षपात झल्किएको छ देशमा

कहिले बन्ने कहिले ढल्ने जनता कति थेग्ने
कुर्चिकै आयु बढाउने सल्किएको छ देशमा

पक्ष प्रतिपक्ष मिली सत्ताकै खेल्छन जुहारी
जे गरे नि निद्रोष नै पिल्सिएको छ देशमा

न रचनात्मक सहयोग न छ कुनै संरचाना
आफ्नै दुनु सोज्याउने पल्किएको छ देशमा

विशेष