राजनीति

२ सय ३१ स्थानको परिणाम सार्वजनिक, कस्ले कति जिते (सूचीसहित)

२ सय ३१ स्थानको परिणाम सार्वजनिक, कस्ले कति जिते (सूचीसहित)

जेठ ५ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाममा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म घोषित २ सय ३१ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले ९४ स्थानमा जित हासिल गरेको छ । यसैगरी नेपाली कांग्रेसले ८९ स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४२ स्थानमा जित दर्ता गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक–एक स्थानमा जित हात पारेका छन् । त्यसैगरी तीन वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा नेकपा एमालेका भरत केसी विजयी भएका छन् । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेकपा एमालेकै सन्जु पण्डित, मकवानपुरको मनहरि गाउँपालिकाको प्रमुखमा पनि एमालेकै एकराज उप्रेती विजयी भएका छन् ।

काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र मकवानपुरको राक्सीराङ गाउँपालिकाको प्रमुखमा पनि नेपाली कांग्रेसकै राजकुमार मल्ल विजयी भएका छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिकाको प्रमुखमा भने नेकपा माओवादी केन्द्रकी दिपा बोहोरा विजयी भएकी छन् । रामेछापको रामेछाप नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नरबहादुर थापा विजयी भए । उनले ४ हजार ४ सय १ मत ल्याए । उपप्रमुखमा पनि नेपाली कांग्रेसकै सिर्जना खड्का ४ हजार ३ सय ९३ मत ल्याएर निर्वाचित भएकी छन् ।

नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा एमालेकी चन्द्रा थारु पुन १३ हजार ४१ मतसहित विजयी भएकी छन् भने उपप्रमुखमा पनि एमालेकै प्रेमशंकर मर्दानिया थारु विजयी भए ।

लमजुङको क्होलासोथार गाउँपालिका अध्यक्षमा एमालेका प्रेमबहादुर घले विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै कुमारी गुरुङ विजयी भइन् ।

मुगुको सोरु गाउँपालिका अध्यक्षमा कांग्रेसका लोकजंग शाही विजयी भए भने नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्षमा कांग्रेसका रामकृष्ण थापा विजयी भए ।

सल्यानको कुमालमालिका गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी दिलमाया बिएन र उपाध्यक्षमा नेपाली कांग्रेसकी विवेकशीला राठौर विजयी भएका छन् ।

काभ्रेको बनेपा नगरपालिकाको प्रमुुखमा एमालेका लक्ष्मीनरसिंह वादे ११ हजार ४ सय ९ मतसहित विजयी भए भने उपप्रमुखमा एमालेकै रेखा सापकोटा विजयी भए ।

काभ्रेकै चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दिनानाथ गौतम र उपाध्यक्षमा माओवादीकै ताराकुमारी चौलागाई विजयी भएका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुखमा एमालेकी सीमा क्षेत्री १० हजार २ सय ४९ मतसहित विजयी भए भने उपप्रमुखमा एमालेकै महेश क्षेत्री विजयी भएका छन् ।

चितवनको माडी नगरपालिकामा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल विजयी भए ।

गोर्खाको भीमसेन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ईश्वरी पाण्डे विजयी भएका छन् ।

तनहुँको भानु नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उदयराज गौली ९ हजार ५ सय ३८ र उपप्रमुखमा कांग्रेसकै आशा थापा ९ हजार ३ सय १७ मत ल्याएर विजयी भए ।

सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका खड्गबहादुर खत्री ११ हजार १ सय ५२ र उपप्रमुखमा अञ्जु देवकोटा ९ हजार ९२१ मतका साथ विजयी भएका छन् ।

काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका प्रकाश अधिकारी र उपाध्यक्षमा एमालेकै ज्ञानुमाया डंगोल विजयी भएका छन् ।

कालिकोटको महाभै गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नन्दबहादुर सिंह विजयी भएका छन् भने लमजुङ सुन्दरबजार नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनकराज मिश्र ४ हजार ९६९ मत ल्याएर विजयी भए । उपप्रमुखमा कांग्रेसका ज्ञान शाह विजयी भएका छन् ।

लमजुङको बेशीशहर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले विजयी भएको छ । प्रमुखमा गुमानसिंह अर्याल ७ हजार ६२४ मतसहित तथा उपप्रमुखमा लक्ष्मी अधिकारी ७ हजार ५७५ मतसहित विजयी भएका हुन् ।

दोलखाको कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा एमालेका बिनकुमार थामी विजयी भए भने उपाध्यक्षमा एमालेकै कालिका पाठक विजयी भएका छन् । नुवाकोटको सूर्यगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तबहादुर तामाङ ३ हजार २ सय मतसहित विजयी भए भने उपाध्यक्षमा कांग्रेसकै मञ्जु बुढाथोकी विजयी भइन् ।

मकवानपुरको थाहा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका लवशेर विष्ट ९ हजार ९१ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा भने कांग्रेसका खड्ग गोपाली ७ हजार २६३ मतसहित विजयी भएका छन् ।

गोर्खाको गोर्खा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजनराज पन्त ६ हजार ५४९ मतसहित विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै बिना श्रेष्ठ ६ हजार २७१ मत ल्याएर विजयी भइन् ।

यसैगरी दोलखाको तामाकोशी गाउँपालिका प्रमुखमा एमालेका ईश्वरचन्द्र पोखरेल र वाग्लुङ नगरपालिका प्रमुखमा एमालेकै जनक पौडेल निर्वाचित भएका छन् ।

यस्तै, तनहुँको शुक्ला गण्डकी नगरपालिकाको प्रमुखमा कांग्रेसका किसान गुरुङ र सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णबहादुर थापा निर्वाचित भएका छन् ।

सल्यानको बन्गार कुपिण्डे नगरपालिका प्रमुखमा एमालेका गोविन्द पुन निर्वाचित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका प्रमुखमा कांग्रेसका दिलिपप्रताप खाँण र नुवाकोटको मेघाङ गाउँपालिका प्रमुखमा कांग्रेसकी आशा लामा विजयी भइन् ।

तनहुँको ब्यास नगरपालिकाको प्रमुखमा पनि नेपाली कांग्रेसका बैकुण्ठ न्यौपाने विजयी भएका छन् । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसका दिपकबाबु कँडेल विजयी भए भने गोरखाकै आरुघाट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका पुर्ण दाहाल विजयी भएका छन् ।

यता, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एमालेका शम्भु थापा विजयी भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रमुखमा पनि एमालेकै डम्बरबहादुर अर्याल विजयी भएका छन् । तनहुँको भीमाद नगरपालिका प्रमुखमा एमालेका मेखबहादुर थापा, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका प्रमुखमा एमालेकै निमाफुब्जो शेर्पा विजयी भए ।

यसैगरी सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्षमा एमालेका कविन्द्र केसी विजयी भएका छन् । ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका गजेन्द्र महर्जन विजयी भए ।

धादिङको गल्छी गाउँपालिका प्रमुखमा एमालेका कृष्णहरी श्रेष्ठ विजयी भएका छन् । यस्तै, नवलपरासीको गैंडाकोट नगरपालिका प्रमुखमा एमालेका छत्रराज पौडेल विजयी हुँदा धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका पित्तबहादुर डल्लाकोटी र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका प्रमुखमा पनि माओवादी केन्द्रकै राजकुमार पौडेल विजयी भएका छन् ।

दोलखाको सैलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका भरत दुलाल विजयी भएका छन् । यसैबीच कालिकोटको तिलागुफा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर शाही, पताला गाउँपालिका प्रमुखमा लक्ष्मण बम, पंचाल झरना गाउँपालिका प्रमुखमा खड्ग सेजुवाल र सान्नी त्रिवेणी गाउँपालिका प्रमुखमा डम्बर शाही विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन

विशेष