चार महानगर मध्ये तीनमा एमाले संकटमा, भरतपुर र पोखरामा पनि ‘भन्न नसकिने अवस्था’
जेठ–५ । चार महानगरपालिकामा नेकपा एमालेले राम्रो मत प्राप्त गर्दै आएको भए पनि शुक्रबारसम्म आइपुग्दा नतिजा जता पनि जान सक्ने देखिएको छ ।
भरतपुरमा माओवादीकी रेणु दाहालले मतअन्तर १५ सयबाट ४ सयमा घटाइसकेकी छन् । स्थानीय कांग्रेसीहरुका अनुशार भरतपुरमा विजयी हुने रेणु नै हुनेछिन् । यता ललितपुर महानगरपालिकामा त नेपाली कांग्रेसका चिरिबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा १५ सय मतले अगाडि छन् । ललितपुरमा एमालेले आत्मसमर्पण कै स्थिति देखिन्छ । उता पोखरामा एमाले अगाडि छ तर त्यस्तो धेरै अन्तर छैन । एमालेका मानवहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई १५ सय जति मतले लिड गरेका थिए । तर पछिल्लो मत परिणाममा यो अन्तर ४ सयको मात्रै छ ।
बाँकी एकमात्र काठमाडौं महानगरपालिकामा भने एमाले अगाडि छ । एमालेका विद्यासुन्दर शाक्यले नेपाली कांगे्रसका राजुराज जोशीलाई २६ सय मतले उछिनिरहेका छन् ।
यसआधारमा चार मध्ये तीनमा एमाले संकटमा देखिएको छ ।