राजनीति

रन्जुले पार गरिन ३ हजारको आंकडा, उपत्यकामा कसको पल्ला भारी

रन्जुले पार गरिन ३ हजारको आंकडा, उपत्यकामा कसको पल्ला भारी


जेठ ५ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका विद्यासुन्दर शाक्यले ८ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार राजुराज जोशीको ५ हजार ९ सय ७७ मत रहेको छ । जोशी शाक्य भन्दा २७ सय मतले पछाडि रहेका छन् ।

त्यस्तै कांग्रेसलाई पछ्याइरहेकी विवेकशील पार्टीकी रन्जु दर्शनाले ३ हजार २ सय ८६ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले २ हजार ७ सय ५० मत हासिल गरेका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका सर्वोत्तम डंगोलको ६ सय १० मत रेहको छ । त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसकी हरिप्रभा खड्गीको ८ हजार ३ सय १४ मत रहेको छ भने राप्रपाबाट उम्मेदवार बनेका राजाराम श्रेष्ठको ५ हजार ६३ मत रहेको छ । उपत्यकामा एमाले र राप्रपाको तालमेल रहेको छ ।

त्यस्तै साझा पार्टीको तर्फबाट उपमेयरकी उम्मेदवार बनेकी निरुपमा यादवको १ हजार ३ सय २६ मत रहेको छ । माओवादी केन्द्रकी शुशीला पौडेलको ८ हजार ८ सय ८८ मत रहेको छ ।

विशेष