यी नेताका उम्मेदवार जनताबाट अस्वीकृत भए
जेठ–५ । नाकाबन्दी लगाएर दुःख दिने उपेन्द्र यादव, नाकाबन्दीको बेला पार्टी छाडेर विद्रोह गर्ने बाबुराम भट्टराई र धर्मलाई राजनीतिको अस्त्र बनाउने कमल थापाको पार्टीलाई पहिलो चरणको निर्वाचनमा जनताले अस्वीकार गरेका छन् ।
पहिलो चरणको धेरैजसो स्थानीय तहको मत परिणाम सार्वजनिक भइसक्दा कमल थापाको राप्रपाले एक निकायमा मात्रै जित हासिल गरेको छ । जबकी यो शक्ति संसदमा अहिले चौथो ठूलो शक्ति हो । राप्रपाको जस्तै हालत संघीय समाजवादी फोरम र नयाँ शक्तिको पनि देखिएको छ ।
संघीय र नयाँ शक्ति मिलेर निर्वाचनमा गएका थिए । तर यस्तो तालमेलबाट पनि कुनै फाइदा भएन । दुई पार्टी मिलेर पनि जम्मा एउटा स्थानीय तहमा मात्रै फोरम–नयाँ शक्तिले जित हासिल गर्यो । अरु त अरु बाबुराम भट्टराईको गृहजिल्ला गोरखामै नयाँ शक्तिको कुनै शक्ति देखिएन ।