राजनीति

छोरीको चितवनमा अनेपेक्षित नतिजा आएपछि प्रचण्ड चितवन जाँदै

छोरीको चितवनमा अनेपेक्षित नतिजा आएपछि प्रचण्ड चितवन जाँदै


जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसो चितवन जाँदै छन् ।

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालयको भवन उद्घाटनका लागि प्रचण्ड चितवन जाँन लागेका हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।

प्रचण्ड दिउँसो साढे १२ बजे विश्वविद्यालयमा आइपुग्ने र दिउँसो ३ बजे फर्किने कार्यक्रम छ । चितवन आउनुअघि उनले नवलपरासीस्थित चौधरी ग्रुपले बनाएको शाश्वत धाम अवलोकन गर्नेछन् । छोरी रेणु दाहाल प्रमुखको उम्मेदवार रहेको भरतपुर महानगरको मतगणना जारी रहेका बेला प्रधानमन्त्री चितवन आउनुलाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।

Puspakamal Dahal

विशेष