राजनीति

कागेश्वरी–मनोहराको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

कागेश्वरी–मनोहराको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौं: कागेश्वरी–मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेको रहेको अग्रता छ । पछिल्लो मतपरिणामअनुसार प्रमुखमा कांग्रेसका उपेन्द्र कार्कीले चार हजार ७९० र एमालेका कृष्णहरि थापाले चार हजार ४६२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले राससलाई जानकारी दिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले एक हजार ९३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ५९६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी विन्दु सिम्खडाले चार हजार ७८२, कांग्रेसकी अनिता अधिकारीले चार हजार ७२९, माओवादीकी रुकु रणपालले एक हजार ४४९ र राप्रपाकी कुस्मा नगरकोटीले ७१८ मत प्राप्त गरेका छन् । नगरपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सम्पन्न भएर अहिले वडा नम्बर–६ को मतगणना भइरहेको छ ।

वडा नम्बर–१, ३ र ५ मा एमाले तथा वडा नम्बर–२ र ४ मा कांग्रेसले वडाध्यक्ष तथा सदस्य पदमा विजय हासिल गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ ।९ वडा रहेको नगरपालिकामा शनिबार रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताए ।

विशेष