राजनीति

काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

काभ्रेः काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको प्रमुखमा नेकपा एमालेका टंकप्रसाद शर्माले पाँच हजार ३४३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुनसाङ लामाले चार हजार ९६१ मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै रामदेवी तामाङले पाँच हजार १४७ मत ल्याइ विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कमला खनालले चार हजार ४११ मत ल्याइन् ।

त्यसैगरी, उक्त नगरपालिकाको वडा नम्बर–११ मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ । उक्त वडाको वडाध्यक्षमा नेकपा एमालेबाट कृष्णबहादुर तामाङ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सानुबाबु तामाङले ३८५ मत ल्याए ।

एमाले

विशेष