राजनीति

चुनावमा धाँधली र गुण्डागर्दी भएको एमालेको ठहर, संसदीय छानविन गर्न माग

चुनावमा धाँधली र गुण्डागर्दी भएको एमालेको ठहर, संसदीय छानविन गर्न माग

काठमाडौंः नेकपा एमालेले स्थायी कमिटी बैठकले पहिलो चरणको स्थानीय निर्वाचनमा विभिन्न जिल्लामा धाँधली भएको भन्दै त्यसको संसदीय छानविन गर्न माग गरेको छ । शनिबार बसेको एमाले स्थायी समितिको बैठकले पहिलो चरणको चुनावमा सत्ता पक्षले धेरै नै धाँधली गरेको आरोप लगाउँदै संसदीय समितिमार्फत छानबिनका लागि माग गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा देशका विभिन्न भागमा सत्ता संरक्षित अराजनीतिक गतिविधि तथा धाँधलीका बारेमा छानविन गर्न र दोषीउपर कारवाही गर्न तत्काल संसदीय समिति निर्माण गर्न बैठकले माग गरेको छ । प्रधानन्यायाधीश माथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता गरी राजनीतिक सहमतिको वातावरण निर्माण गर्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले अघि बढाउन सरकारको गम्भीर ध्यनाकषर्ण गरेको छ।

बैठकले आउँदो ३१ गते हुने चुनावअघि संविधान संशोधन हुन नसक्ने भन्दै सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन पनि माग गरेको छ । अर्को सरकार गठनका बारेमा पनि बैठकमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै हप्ता प्रधानमन्त्रीबाट राजीनामा दिने तयारी गरेपछि एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य पनि अघि बढाएको छ ।

विशेष