भेरीका नयाँ मेयरले पहिलो बैठकमै गरे यस्तो निर्णय
जेठ–६ । भेरी नगरपालिकाका नवनिर्वाचित मेयरले नगरलाई हरियोलीयुक्त बनाउने पहिलो बैठकबाट निर्णय गरेका छन् ।
प्रथम बैठकले सरसफाईयुक्त हरियालीपूर्ण भेरी नगरपालीका निर्माण गर्ने पहिलो निर्णय गरेको हो । भेरी नगरपालीकालाई हरियालीपुर्ण बनाएर विश्व बजारमा कार्वनको कारोबार गर्न सक्ने सक्षम नगरपालीकाका रुपमा विकास गर्नु पर्ने पदभार ग्रहण गर्ने क्रममा भेरी नगरपालीकाका मेयर चन्द्रप्रकाश (सिपी) घर्तीले बताए । सफा, सुन्दर तथा चिटीक्क परेको नगरपालीका बनाउनु पर्नेमा जोड दिएका मेयर घर्तीले सरसफाईयुक्त हरियालीपुर्ण भेरी नगरपालीका निर्माण गर्ने पहिलो निर्णय गरेका छन् । भेरी नगरपालीकाका नवनिर्वाचित मेयर, उप–मेयर तथा वडा अध्यक्षहरुलाई शुक्रबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको थियो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश लिलाराज अधिकारीवाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका भेरी नगरपालीकाका मेयर चन्द्रप्रकाश (सिपी) घर्तीले १३ वटा वडाका महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यहरुलाई शुक्रवार नै पद तथा गोप्नियताको सपथ ग्रहण गराएका थिए । जिल्ला न्याधिसवाट पद तथा गोप्नियताको सपथ ग्रहण गरेका मेयर घर्तीले चुनाव लड्ने वेला आफु कुनै एक दलको नेता भएको भएता पनि विजयी हासिल गरे पछि सवै दलको नेता भएको हुदा कुनै भेदभाव बीना काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
– दीपबहादुर घर्तीबाट