राजनीति

प्रधानमन्त्री प्रचण्डले १० गते मात्र राजीनामा दिने

प्रधानमन्त्री प्रचण्डले १० गते मात्र राजीनामा दिने


जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ १० गते पदबाट राजीनामा दिने भएका छन् ।

१० गते बुधवार संसदमा संम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजिनामा घोषणा गर्नुहुने स्रोतको भनाई छ । ८ गते संसद अधिवेशन आह्वान गरिएकाले त्यसको दुई दिनपछि प्रधानमन्त्रीले पद छाड्ने तयारी गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले राजीनामा दिएपनि बजेट भने यहि सरकारले ल्याउने भएको छ । अर्को सरकार बन्ने प्रक्रियाका लागि एकसाता भन्दा लामो समय लाग्ने भएकाले जेठ १५ गते दाहाल नेतृत्वको कामचलाउ सरकारले नै बजेट ल्याउन लागेको हो ।

१० गते प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिले सहमतिय सरकार गठनका लागी एक साताको समय दिएर आह्वान गर्नेछन् । २० गतेभित्र अर्को सरकार गठन हुने संभावना छ । माओवादी केन्द्रको समर्थनमा कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ ।

Prachanda Rajinama

विशेष