राजनीति

विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !

विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !

जेठ ७ । प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ ।


चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय जनसरकारका रुपमा जनपरिषद घोषणा गरिएको हो । अहिलेसम्म दुई सयवटा स्थानमा जनपरिषद घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको छ । जनपरिषदले स्थानीय निकायको भूमिका निर्वाह गर्ने नाम नभन्ने सर्तमा पार्टीका एक नेताले जानकारी दिए ।

जनपरिषदले जनताका स्थनीय काम, विकास र जनताका मामिलामा न्याय दिने काम गर्ने बताइएको छ ।

नेपाल समाचारपत्र

Biplov Maobadi

विशेष