राजनीति

दोस्रो चरणको चुनावी तयारी तीव्र

दोस्रो चरणको चुनावी तयारी तीव्र

जेठ ७ ।  निर्वाचन आयोगले ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तहको चुनावको तयारी तीव्र पारेको छ ।

आयोगले शनिबारदेखि दोस्रो चरणको निर्वाचन हुने पैदेश नम्बर १,२ ५ र ७ का ४३ वटा मुख्य निर्वाचन अधिर्कतको कार्यालय सञ्चालनमा ल्याएको हो । आयोगका सचिव गोपीनाथ मैनालीले दोस्रो चरण लक्षित काम सुरु भइसकेको जानकारी दिए । ४ सय ६१ गाउँपालिका-नगरपालिकामा दोस्रो चरणको निर्वाचन हुँदै छ ।

नवलपरासी र रुकुम जिल्ला टुक्रिएर दुईवटा प्रदेशमा परेकाले देशभर ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिएको थियो । तीमध्ये पहिलो चरणमा ३४ वटा कार्यालय सञ्चालनमा थिए। बाँकी ४३ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय शनिबारदेखि सञ्चालनमा आएका छन् ।

टुक्रिएको नवलपरासी र रुकुुमका केही स्थानीय तहमा पहिलो चरणमै निर्वाचन भइसकेको छ । 

कान्तिपुर 

Local Election

विशेष