राजनीति

एक मत बढी ल्याएर निर्वाचित

एक मत बढी ल्याएर निर्वाचित

जेठ ७ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार लोहनी ६ सय ३९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर लामाले ६ सय ३८ मत प्राप्त गरेका थिए । एक मतको मात्र अन्तर भएपछि प्राप्त मतको प्रत्येक बुलेटिनको अङ्कलाई तीन पटकसम्म गणना गरे पनि सोहीअनुसारको नतिजा देखिएपछि परिणाम सार्वजनिक गरिएको छ ।

वडा सदस्य पदमा एमालेका उम्मेदवार सीता पाण्डे ६ सय ३७, दलित महिला सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार कालिकादेवी बर्देवा ५ सय ८०, खुला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विकास पाण्डे ६ सय २५, एमालेका उम्मेदवार हरिकुमार गुरुवाचार्य ४ सय ९८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

जधानी

विशेष