राजनीति

माननियलाई कानुनले छुँदैन

माननियलाई कानुनले छुँदैन

जेठ ७ । राति दश बजे संसदमा कोरमको जनाउ घण्टी बज्यो। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधान संशोधन विधेयक संशोधन दर्ता अनुमोदन प्रस्ताव पारित गर्नुअघि कोरमको प्रश्न उठाए ।

प्रश्न उठेपछि सभामुख ओनसरी घर्तीमगरले जनाउ घण्टी बजाउन निर्देशन दिइन् । संसदको कारबाही पारित गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने सरकारका एक विभागीय मन्त्रीमात्र संसदमा उपस्थित थिए । ४० जनाको हाराहारीमा मन्त्री रहेको मन्त्रिपरिषद्का सदस्यसमेत उपस्थित नहुँदा एक सय ४९ सदस्य सत्तारुढ दलले जुटाउन सकेन, सभामुखले मध्यरातमा दोस्रो बैठक बोलाउनुपर्‍यो । हाजिर गरेर घर पुगेका सांसदहरू मध्यरातमा पुनः संसद फर्किए। । यो वैशाख १६ गतेको घटना हो । संसदको बैठकका हाजिर गरेर अनुपस्थित मात्र होइन, बिना सूचना दस बैठकभन्दा बढी अनुपस्थित हुने सांसदको सङ्ख्या पनि लामो पाइएको छ । जेठ ४ गते संसदको चालु अधिवेशन अन्त्यका क्रममा सभामुख ओनसरी घर्तीले बिना सूचना लगातार दशभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नाम पढेर सुनाइन् ।

गयलको नामावलीमा संसदीय गतिविधिमा निष्क्रिय रहेका सांसदमात्र होइन निकै सक्रिय मन्त्री, राजनीतिक दलका शीर्ष नेतासमेत रहेका छन् । संसदको नियमावलीअनुसार बिनासूचना दश बैठकभन्दा बढी अनुपस्थित हुने सांसदको सदस्यता खारेज हुनेसम्मको व्यवस्था छ । तर, उक्त व्यवस्था न त सांसद मान्छन् न त व्यवस्था कार्यान्वयन नै हुन्छ ।

गोरखापत्र

samsad ma partipaxhi

विशेष