राजनीति

महानगरको मतगणना अतिनै सुस्त, काठमाडौं ११, भरतपुर ९ र पोखराको मतगणना सकिन ७ दिन लाग्ने

महानगरको मतगणना अतिनै सुस्त, काठमाडौं ११, भरतपुर ९ र पोखराको मतगणना सकिन ७ दिन लाग्ने

जेठ ७ । देशका चार महानगरमा मतगणना जारी रहेको छ । अहिले सम्म ललितपुर महानगरको बाहेक अन्य महानगरको मतगणना ५० प्रतिशत पनि सकिएको छैन् । यहि हिसाबले मतगणना हुने हो भने अझै अन्तिम नतिजा कुर्न २ साता लाग्ने छ ।

हेरौ कुन महानगरमा कति दिन लाग्ने

काठमाडौं महानगर अहिलेजस्तै १३ स्थानबाट मत गन्दा अझै ११ दिन

आयोगले एक मिनेटमा सातवटा मात्रै मत गन्न सकेको छ । यही रफ्तारमा मत गनिए परिणाम आउन अझै ४ सय ७३ घन्टा लाग्नेछ । यो भनेको ११ दिन १३ घन्टा हो । किनकि महानगरपालिकामा अझै एक लाख ३३ हजार ३ सय ६५ मत गन्न बाँकी छ । महानगरपालिकामा एक लाख ९३ हजार मत खसेको थियो ।

ललितपुर महानगर अब ३० हजार मत गन्न बाँकी, ३ दिन लाग्ने

ललितपुरको ललितपुर महानगरपालिकामा जम्मा ८९ हजार दुई सय १४ मत खस्यो । त्यसमध्ये ५९ हजार दुई सय १४ मत गन्न एक सय ३८ घन्टा लाग्यो । अर्थात् ललितपुरमा एक मिनटेमा १७ मत गनियो । अब ललितपुरमा ३० हजार मत गन्न बाँकी छ । रफ्तार उही रहे मतपरिणाम आउन तीन दिन लाग्नेछ ।

पोखरा महानगर अब ७४ हजार मत गन्न बाँकी, ७ दिन लाग्ने

कास्कीस्थित पोखरा–लेखनाथ महानगरपालिका जम्मा एक लाख २५ हजार ६ सय १४ मत खस्यो । एक सय २६ घन्टामा त्यसमध्ये ५१ हजार ८ सय ११ मत गनियो । ७३ हजार ८ सय तीन मत गन्न अझै बाँकी छ । अहिलेसम्म १७ मत गन्न एक मिनेट लागेकाले बाँकी मत गन्न अझै सात दिन ६ घन्टा लाग्नेछ ।

भरतपुर महानगर अब ७२ हजार मत गन्न बाँकी, ९ दिन लाग्ने

गएको एक सय २३ घन्टामा भरतपुर महानगरपालिकामा ३९ हजार नौ सय ८२ मत गनिएको छ । अर्थात् भरतपुरमा प्रतिमिनेटमा ५ मत गन्न सकिएको छ । अब बाँकी ७२ हजार ९२५ मत गन्न अझै दुई सय २४ घन्टा लाग्छ । यो भनेको नौ दिन ८ घन्टा हो । भरतपुरमा जम्मा एक लाख १२ हजार नौ सय सात मत खसेको थियो ।

नयाँ पत्रिका

Matganana

विशेष