विचित्र विश्व

अब मुसासँग बसेर कफी केक खान सकिने

अब मुसासँग बसेर कफी केक खान सकिने


जेठ ६ । अमेरिकास्थित उत्तर क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा खुल्न लागेको उक्त क्याफेमा मुसासँग टेबलमा बसेर कफी र केक खान सकिने भएको छ । 

ग्रैहनाफामुलक संस्था र्याटी र्याट्ज’ले मुसालाई पनि अरु जनावरजस्तै माया गरेर घरमा पाल्न सकिन्छ भन्ने संदेश दिनका लागि उक्त क्याफे सन्चालन गर्न लागेको बताएको छ ।

संस्थाकाअनुसार आगामी जुलाईदेखि क्याफे सन्चालनमा आउने छ । बेलायती अनलाइन ‘मेट्रो’काअनुसार ग्राहकले मुसासँग बसेर कफी र केक खाएको करिब ५ हजार रुपैयाँ ५० अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ ।

यदि त्यहाँ आउने ग्राहकलाई कुनै मुसाले मन पराएमा घरसमेत लान सकिने छ । तर, मुसालाई हानि पुयाउने कार्य भने गर्न नपाइने सर्त राखिएको छ । उक्त संस्थाले अहिले २५० भन्दा बढी मुसाहरु संकलन गरेर कफी र केक खान सिकाइएको बताएको छ ।

विशेष