रञ्जुले १० हजार मत प्राप्त गदै कांग्रेसलाई पछ्याउँदै, चार महानगरमा कस्ले कति मत पाए
जेठ ७ । चार महानगरपालिका मध्ये तीन वटामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार प्रष्ट अगाडि देखिएका छन् ।
काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य २३ हजार ४ सय २३ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ९ हजार ३ सय २३ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ६ हजार ९ सय ५३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १७ हजार १ सय ७१ मतसहित अग्रता लिएका छन् ।
एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १५ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् ।
उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १७ हजार ८७६ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १६ हजार ९४६ सय मत प्राप्त गरेकी छन् । उपमेयरमा कांग्रेसकी पार्वती शाहले १९ हजार ३१३ तथा एमालेकी दिव्या शर्माले १५ हजार ३२७ मत पाएकी छन् ।
यसैगरी पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । एमाले उम्मेदवार मानबहादुर जिसीले २२ हजार ३ सय २९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् ।
Shtaniya NIrbachan