दुई नम्बर प्रदेशको प्रचारमा ओली नजाने, मैथिली र भोजपुरीमा तगडा माधव नेपाल र ईश्वर पोख्रेल जाने
जेठ–७ । पहिलो चरणको निर्वाचनमा एक नम्बर बनेको नेकपा एमालेले दोस्रो चरणको निर्वाचनमा पनि तयारी तीव्र पारेको छ । एमालेबाट बाहिर रहेकाहरुलाई पनि तान्दै उम्मेदवारको टिकट दिँदै गरेको एमालेले दुई नम्बर प्रदेशमा चुनावी प्रचारका लागि पार्टी अध्यक्ष केपी ओलीलाई नपठाउने भएको छ ।
जानकारहरुका अनुशार दुइ नम्बर प्रदेशमा माधवकुमार नेपाल र महासचिव इश्वार पोखरेल जानेछन् । माधवकुमार नेपालको गृहजिल्ला रौतहट हो । उनलाई मैथिली र भोजपुरी राम्रोसँग बोल्न आउने भएकोले यस्तो निर्णय भएको बताइन्छ ।
पार्टी अध्यक्ष केपी ओलीलाई मधेसवादी दलहरुले तराईमा मधेसविरोध नेताका रुपमा प्रचार गरेका छन् । जसका कारण प्रदेश नम्बर दुईमा केपी ओलीको सट्टा अन्य नेताहरु छानिएको हुन सक्ने जानकारहरु बताउँछन् ।
एमालेले निर्वाचन अघि गरेको मेची महाकाली अभियानमा सप्तरीमा चलेको गोली लागेर चार जनाको ज्यान गएको थियो भने अभियान पनि रद्द भएको थियो । एमालेलाई तराईमा पनि एक नम्बर पार्टी बनाउने भन्दै अहिले एमालेका नेताहरु चुनावी अभियानमा क्रियाशील छन् ।