राजनीति

काँग्रेसका महर्जन एक हजार ४२ मतले अगाडि, ललितपुरको मेयरमा कस्ले मार्ला बाजी ?

काँग्रेसका महर्जन एक हजार ४२ मतले अगाडि, ललितपुरको मेयरमा कस्ले मार्ला बाजी ?

काठमाडौं: ललितपुर महानगरमा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारभन्दा महर्जन एक हजार ४२ मतले अगाडि छन् ।

वडा नम्बर २३ को मतगणना सकिँदा महर्जनले २१ हजार ६ सय ३५ मत ल्याएका छन भने उनलाई पछ्याउदै एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले २० हजार पाँच सय ९५ मत ल्याएका छन्। ललितपुर महानगरपालिका धापाखेल क्षेत्र २२ र २३ वडाको मतगणना जारी रहँदा साझा पार्टीका रमेश महर्जनले ११ हजार ९ सय ९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका दिनेश महर्जनले ५ हजार १ सय १२ मत पाएका छन् ।

ललितपुर महानगरको उपमेयरमा कांग्रेसकी गीता सत्याललेको अग्रता कायमै छ उनले पछिल्लो मत परिणाम अनुसार १४ हजार ८ सय ७६ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीकी शोभा शाक्यले १३ हजार सय ६९ मत ल्याएकी छिन्। त्यसैगरी माअोवादी केन्द्रकी हसिना शाक्यले १० हजरा ४ सय ७१ मत प्राप्त गरेकी छिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधानले ७ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् । 

ललितपुरमा कुल ८७ हजार ६ सय ८१ मत खसेको थियो । २५ नम्बरसम्म आइपुग्दा ७९ हजार दुईसय ६ मत गणना भएको छ। अब ८ हजार चारसय ७५ मत गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बाल मुकुन्द दवाडीले जानकारी दिए।

विशेष