भरतपुरको मेयरमा देवीको २९०९ मतले अग्रता
चितवन: २९ वडा रहेको भरतपुर महानगरपालिकामा १३ वडाको मतगणना भइसकेको छ भने १६ वटा वडाको मत गन्न बाँकी छ । पछिल्लो मत गणनाअनुसार नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवाली निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालभन्दा २९०२ मतले अघि छिन् । यस्तो छ परिणामः
मेयर
एमाले (देवी ज्ञवाली) – २३२८०
माओवादी (केन्द्र रेणु दाहाल) – २०३७८
राप्रपा (बद्री तिमिल्सिना) २२१०
उपमेयर
कांग्रेस (पार्वती शाह) – २३३९६
एमाले (दिव्य शर्मा) – २०७७१
राप्रपा (रिना गुरूङ) - २३४६