राजनीति

प्रधानमन्त्री प्रचण्डले आजै राजीनामा दिने

प्रधानमन्त्री प्रचण्डले आजै राजीनामा दिने


जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिने भएका छन् ।  दिउँसो संसद बैठकमा बिशेष संम्बोधनसंगै प्रधानमन्त्री दाहालले राजीनामा दिने बताइएको छ ।

प्रधानमन्त्रीको सम्बोधन तय भएपछि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेसम्मका लागि सारिएको छ । अहिले केहिवेरमा बस्ने मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो राजीनामा बारे मन्त्रीहरुलाई जानकारी गराउने छन् ।  

कांग्रेससँगको गठबन्धन गर्दा भएको सहमति अनुसार प्रधानमन्त्री दाहालले पद छाड्न लागेका हुन् । संसदमा गर्ने संबोधनमा भने आफ्नो कार्यकालमा भएका कामको बिषयलाई प्राथमिकता दिने बताइएको छ । संसदको सबैभन्दा ठुलो दल कंग्रेसको समर्थनमा दाहाल १० महिनाअघि प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीले राजीनामा दिएपनि नयाँ सरकार गठन हुन भने अझै केहिदिन लाग्नेछ । राजीनामा लगत्तै राष्ट्रपति भण्डारीले सहमतिका आधारमा सरकार गठनको प्रयास गर्न एकसाताको समय दिनेछिन् । त्यसपछि मात्र बहु्मतिय सरकार गठनको प्रयास हुनेछ । ठुलै उथलपुथल नभए कंग्रेस सभापति शेरवहादुर देउवा आगामी प्रधानमन्त्री बन्ने निश्चित छ ।

विशेष