राजनीति

एमालेको निवेदनले ललितपुर महानगरपालिकाको मतगणना स्थगित

एमालेको निवेदनले ललितपुर महानगरपालिकाको मतगणना स्थगित

काठमाडाैँः ललितपुर महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले विभिन्न माग राख्दै जिल्ला निर्वाचन कार्यलयमा निवेदन दर्ता गराएपछि मतगणना स्थागित गरिएको हो ।

एमालेले १ देखि २६ वडाको मतगणना पुनः मुल्याङ्कन, कम्प्युटर टेबुलेसनलयातका जाँच माग गर्दै निर्वाचन कार्यालयमा निवेदन दिएको छ । एमालेले आफ्नो माग पुरा नभएसम्म २७ र २८ वडाको मतगणनाको नतिजा सार्वजनिक नगर्न र २९ वडा को मतगणना नगर्न माग गरेको छ ।

पछिल्लो मतपरिणाम अुनसार ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जन झिनो मतले अगाडि छन् । उनी एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यञ्जकारभन्दा १ सय ७९ मतले अगाडि छन् । पछिल्लो परिणम अनुसार चिरीबाबुले २३ हजार ५ सय ३९ मत प्राप्त गेका छन् भने हरिकृष्णले २३ हजार ३ सय ६० मत प्राप्त गरेका छन् ।

 

विशेष