राजनीति

भरतपुरमा रेणु दाहाल ३८३६ मतले पछाडि, उपमेयरमा काँग्रेसको अग्रता कायमै

भरतपुरमा रेणु दाहाल ३८३६ मतले पछाडि, उपमेयरमा काँग्रेसको अग्रता कायमै

चितावनः चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवलीको अग्रता कायमै छ । ज्ञवालीले नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाललाई ३ हजार ८ सय ३६ मतले पछि पारेका छन् ।

पछिल्लो मतगणना अनुसार ज्ञवालीले २६ हजार ०५६ मत प्राप्त गरेका छन् भने दाहालले २२ हजार २ सय २० मत प्राप्त गरेकी छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार बद्री तिमिल्सिनाले २ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । भरतपुरमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको हो ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीको अग्रता कायमै छ । उनले २५ हजार ६ सय ९२ प्राप्त गरेकी छिन् भने एमालेकी दिव्य शर्मा अचार्यले २३ हजार ३ सय ६२ मतले पछ्याइरहेकी छिन् । राप्रपाकी रीना गुरुङले ३ हजार १ सय ४७ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् ।

मतगणना

विशेष