राजनीति

ललितपुर महानगरको मतगणना अन्त्यतिर, कस्ले मार्ला बाजी ?

ललितपुर महानगरको मतगणना अन्त्यतिर, कस्ले मार्ला बाजी ?

ललितपुर महानगरपालिकाको मत गणना पुनः सुचारु भएको छ । एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि गणना स्थगित भएको थियो ।

सर्बदलीय बैठकमा एमाले बाहेकका दलहरुले मतगणना सुचारु गर्न सहमत भएका हुन् । एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

अहिलेसम्म नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु मर्हजन २४ हजार ३ सय २८ मत पाएका साथ अगाडि छन भने उनलाई २४ हजार १ सय १४ मतले एमालेका व्यञ्जनकारले पछ्याइरहेका छन् । त्यसै गरी साझा पार्टीका रमेश महर्जनले १३ हजार ५ सय ९६ मत प्राप्त गरेका छन् भने माअाेवादी केन्द्रका दीपेश महर्जनले १० हजार ३ सय ६१ मत प्राप्त गरेका छन् । 

ललितपुरकाे उपमेयरमा काँग्रेसकी गीता सत्यालकाे अग्रता कायमै छ । उनले १९ हजार ४१ मत ल्याएकी छिन भने उनलार्इ साझा पार्टीकी शोभा शाक्यले १३ हजार ३ सय २९ मतका साथ पछ्याइरहेकी छिन् । त्यसैगरी माअाेवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ७ सय ३३ मत प्राप्त गरेकी छिन् भने राप्रपाका बाबुकाजी प्रधानले १० हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । 

ललितपुरमा अब २९ वडाको मात्र गणना हुन बाँकी छ । उमेयरमा काँग्रेसले जित्ने पक्का जस्तै छ भने मेयरमा अब गणना हुने मतपरिणामले जित निर्धारण गर्ने छ । 

 

विशेष