राजनीति

भ्रष्ट र लुटेरा सरकार : ओली

भ्रष्ट र लुटेरा सरकार : ओली


जेठ ९ । नेकपा एमालेका अध्यक्ष एंवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लुटेरा सरकार भएको आरोप लगाएका छन् ।

सोमवार सुर्यविनायक नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयर लगायत ७ वटा वडामा जीत हासिल गरेपछि कुटुञ्जेमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर, कास्कीको पोखरा लेखनाथ लगायतका नगरपालिकामा सरकारले अर्बको रकम बाँडेको आरोप समेत लगाए । वर्तमान सरकारले अख्तियारको दुरुपयोगका साथै गैरबजेट बाँडेर भ्रष्टाचार गरेको बताए ।

अध्यक्ष ओलीले अहिले भएको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा एमालेले जित्ने निश्चित भएपछि नेपाली काँग्रेस र माओवादीले मतगणनामा पनि विवाद गरिरहेको बताए ।

ओलीले सरकार स्थानीय तहको अधिकार र स्थानीय तहमा आउने बजेट कटौती गर्ने खेलमा लागि परेको समेत आरोप समेत लगाए । वर्तमान सरकारले मात्रै नभई कसैले पनि स्थानीय तहलाई कमजोर पार्ने काम गरे एमालेलाई सहिर्य नहुने अध्यक्ष ओलीको भनाई छ ।

 

KP Oli

विशेष